+
+
Shares

५ सय र १ हजारका नोट खारेज गर्न विप्लव नेतृत्वको नेकपाको माग

‘भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरूको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाई ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:१८
फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ५ सय र १ हजारका नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने भएको छ ।

नेकपाले आइतबार आयोजित पत्रकार सम्मेलनमा ५ सय र १ हजारको नोट खारेज गरी नयाँ दरका नोट छाप्न दबाब दिने निर्णय भएको जानकारी गराएको हो ।

‘भ्रष्टाचारी, तस्कर, माफिया, दलालहरूको कालोधनबाट देशलाई बचाउन केही ठोस नीति बनाई ५ सय र १ हजारका नोट खारेजगरी नयाँ दरका नोट छाप्न राज्यलाई सल्लाह र दबाब दिने निर्णय लिइएको छ,’ नेकपाले भनेको छ ।

यसैगरी नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गतको एउटा उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?