+

विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ८ खेलाडीले खेल्ने

२०८२ कात्तिक  ३ गते ९:१० २०८२ कात्तिक ३ गते ९:१०
विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ८ खेलाडीले खेल्ने

३ कात्तिक, काठमाडौं । चीनको उक्सीमा यही अक्टोबर २४ देखि ३० सम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४)  तथा नोभेम्बर २ देखि ४ सम्म हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी २) प्रतियोगितामा ८ नेपाली खेलाडी सहभागी हुने भएका छन् ।

दुवै प्रतियोगिता खेल्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघले बिदाइ आइतबार गरेको छ । खेलाडी तथा अफिसियलहरुलाई नेपाल तेक्वान्दो संघको सल्लाहाकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले सातदोबाटोस्थित तेक्वान्दो संघमा बिदाइ गरे ।

प्रतियोगितामा नेपालबाट पुरुष खेलाडीहरु सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) ले प्रतिस्पर्धा गर्नेछन् भने महिला खेलाडीहरु सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) ले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षका सयद हसन रेजालाई रहेका छन् ।

प्रतियोगिताका लागि प्रशिक्षक तथा खेलाडीहरू आज (सोमबार) चीन प्रस्थान गर्दैछन् ।

त्यसैगरी उक्सीमै अक्टोबर २३ तारिखमा विश्व तेक्वान्दो (डब्लुटी)को कार्यक्रम अनुसार वर्ल्ड तेक्वान्दोको साधारण सभामा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ्, संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी सहभागि हुनेछन् । उनीहरु कात्तिक ४ गते चीन प्रस्थान गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ ।

विश्व तेक्वान्दो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय