+

दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा २६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

२०८२ कात्तिक  ३ गते १२:१३ २०८२ कात्तिक ३ गते १२:१३
दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा २६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
  • २६ खेलाडीसहितको ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ।
  • टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे।

३ कात्तिक, काठमाडौं । दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । २६ खेलाडीसहितको ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची प्रस्थान गर्ने भएको छ ।

अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी, सिमाकुमारी थारु, जयरानी थारु, सिता शाही, सर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दिपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

दक्षिण एसियाली एथ्लेटिक्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय