+

लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक

२०८२ कात्तिक  १५ गते २२:३७ २०८२ कात्तिक १५ गते २२:३७
लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम सार्वजनिक गरेको छ।
  • नवराज पराजुलीले शब्द र स्वर दिएका एन्थममा दर्शकलाई बाह्रौँ खेलाडीको रुपमा समेटिएको छ।
  • एनपिएल ट्रफी ट्रक क्रममा लुम्बिनीमा भएको कार्यक्रममा एन्थम सार्वजनिक गरिएको थियो।

१५ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण अघि आफ्नो अफिसियल एन्थम् (गीत) ‘स्याबास !’ सार्वजनिक गरेको छ ।

बुद्ध दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ। यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्।

मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुने र ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छः

हामी लुम्बिनीको बाहीँ खेलाडी बन्छौं आँफै आनो काँधमा धाप मारेर भन्छौं, स्याबास् !

सर्जक भन्छन्, ‘जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसवेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन् ।’

बुद्ध दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छः

खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास आउने जाने सासलाइ बनाएर साहस
लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् । स्याबास ।”

एन्यमको संगीत संयोजन उज्वल सागरले गरेका हुन् । लिरिकल भिडियोको निर्माण विवेक निशानीले गरेका हुन् ।

एनपीएल को ट्रफी टुरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो ।

लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय