+

अमेरिकाका मिलिन्द र साइतेजाले बनाए एसोसियटकै कीर्तिमानी साझेदारी

२०८२ कात्तिक  १७ गते १५:०२ २०८२ कात्तिक १७ गते १५:०२
अमेरिकाका मिलिन्द र साइतेजाले बनाए एसोसियटकै कीर्तिमानी साझेदारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटमा कीर्तिमानी दोहोरो शतकीय साझेदारी २६४ रन बनाए।
  • यो साझेदारी चौथो विकेटका लागि ओडिआईमा दोस्रो सर्वाधिक र एसोसियट क्रिकेटमै सबैभन्दा ठूलो हो।
  • मिलिन्द १२३ रन र साइतेजा १३७ रनमा नटआउट रहेर अमेरिकाले यूएईलाई २९३ रनको लक्ष्य दिएको छ।

१७ कात्तिक, काठमाडौं । अमेरिकाका मिडल अर्डर ब्याटर मिलिन्द कुमार र साइतेजा मुक्कमल्लाले एसोसियट क्रिकेटकै कीर्तिमानी दोहोरो शतकीय साझेदारी बनाएका छन् ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत सोमबार भइरहेको यूएईसँगको खेलमा दुवै खेलाडीले शतक बनाउँदै कीर्तिमानी साझेदारी गरेका हुन् । यो साझेदारी एसोसियट क्रिकेटमै कीर्तिमान हो भने चौथो विकेटका लागि समग्र ओडिआईमै दोस्रो सर्वाधिक हो ।

२८ रनमा ३ विकेट गुमेको अवस्थाबाट यी दुई मिलेर चौथो विकेटका लागि २६४ रनको अविजित साझेदारी गरे । मिलिन्द कुमार १२३ रन तथा साइतेजा १३७ रनमा नटआउट रहे ।

एसोसियट क्रिकेटमा यसअघि जर्सीका असा ट्राइब र जोश लरेनसनबीच २३२ रनको साझेदारी सबैभन्दा उच्च थियो । उक्त कीर्तिमान तोड्दै मिलिन्द र साइतेजाले नयाँ कीर्तिमान बनाएका हुन् ।

अमेरिकाले ५० ओभरमा ३ विकेट गुमाएर २९२ रन बनाउँदै यूएईलाई २९३ रनको लक्ष्य दिएको छ ।

अमेरिका क्रिकेट कीर्तिमानी साझेदारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय