News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा 'ऋ क्रिएट' स्टोरको दोस्रो शाखा उद्घाटन गर्नुभएको छ।
 - पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको स्टोरमा नेपाली कल्चर र देवीदेवताका ५९ चित्र राखिएका छन्।
 - सञ्चालक रितेश पौडेलले अनलाइनमा राम्रो माग आएपछि नक्सालमा आउटलेट खोलिएको जानकारी दिनुभएको छ।
 
१८ कात्तिक, काठमाडौं । कलाकार तथा व्यवसायी सञ्जोग कोइरालाले नक्सालमा सञ्चालनमा आएको ‘ऋ क्रिएट’ उद्घाटन गरेका छन् । पोखरामा चार वर्षदेखि सञ्चालनमा रहेको यो स्टोरको सोमबार नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो ।
यो स्टोरमा मौलिक र देवीदेवताका आकृतिलाई मोर्डन रूपमा आर्ट गरिएको छ । स्टोरमा नेपाली कल्चर र देवीदेवताका ५९ वटा चित्र छन् । अनलाइनमा काठमाडौं र अस्ट्रेलियाबाट राम्रो माग आएपछि आउटलेट खोलेको आर्टिस्ट तथा सञ्चालक रितेश पौडेलले जानकारी दिएका छन् ।
स्टोर उद्घाटन गर्न पुगेका सञ्जोग कोइरालाले रितेशजस्ता युवाले नेपालमै उद्यमी बनेर रोजगारी सिर्जना गरेको भन्दै यस्ता युवालाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।





                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4