+

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

२०८२ कात्तिक  २५ गते १३:०३ २०८२ कात्तिक २५ गते १३:०३
Shares
सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जी–स्पट योनीको भित्र दुई इञ्चभित्र माथिल्लो भागमा हुने संवेदनशील क्षेत्र हो, जुन महिलामा व्यक्तिगत रूपमा फरक–फरक हुन्छ।
  • महिलाहरू यौन उत्कर्ष भगाकुंर र योनीका संवेदनशील भागहरूको उत्तेजनाबाट अनुभव गर्छन्, जसमा सुरुवात मिठो गफ र स्पर्शबाट हुन्छ।
  • हस्तमैथुन प्राकृतिक क्रिया हो जसले यौन इच्छा शान्त पार्छ र मस्तिष्कमा एन्डोर्फिन स्राव गरी तनावरहित बनाउँछ, स्वास्थ्यमा हानि गर्दैन।

छलफलमा प्राय सबैका लागि असहज महसुस हुने कुरा हो, यौनसम्बन्धी विषय ।

जबकि, यो विषयको ज्ञान सबैमा हुन आवश्यक छ । यौनबारे स्वस्थ, खुला छलफल नहुँदा सामान्य जानकारीबाट पनि समाज बञ्चित हुन्छ । खुल्ला छलफल गर्ने अभ्यास नहुँदा सामान्य समस्या भए पनि त्यसबारे कुरा गरे अरूले के सोच्लान् भन्ने डरले समाधान हुन पाउँदैन ।

कतिपय मनमा जिज्ञासा हुँदा पनि सोध्न डराउँछन् । त्यस्तै, सोध्न डराउने तर अधिकांशको मस्तिष्कमा हुने केही यौन प्रश्नहरू छन् ।

१.‘जी–स्पट’ वास्तविक हो ?

यौन आनन्द महिलालाई ‘जी–स्पटमा’मा हुने छुवाइले हुन्छ । तर, जी–स्पट के हो ? कहाँ हुन्छ ? धेरैको मनमा यो प्रश्न हुन्छ, तर जवाफ कमैलाई थाहा हुनसक्छ । जी स्पट वास्तवमा योनीको भित्र एउटा सानो क्षेत्र हुन्छ । यो योनीको भित्र दुई इन्च या त्योभन्दा थोरै भित्र माथिल्लो भागमा रहने गर्छ । जी स्पट यौन संवेदनशील हुन्छ र उत्तेजनाको समयमा यसले आनन्द दिने गर्छ । जी स्पट महिलाको योनीमा हुने एउटा निश्चित स्थान भने होइन ।

यो त योनीमा जुनसुकै ठाउँमा पनि पाउन सकिन्छ । यौन सम्पर्कको समयमा जी स्पटलाई उत्तेजित पार्न कोही महिला इच्छुक हुन्छिन् भने कोही यसमा चासो राख्दैनन् ।
महिलाहरू यस तरिकाले या कुनै अर्को तरिकाले समेत संवेदनामा कुनै अन्तर महसुस हुँदैन । केहीलाई यो क्षेत्र उत्तेजित गर्दा आनन्द आउँछ, केहीलाई आउँदैन । यो पूरै व्यक्तिगत रुचि र मनोवैज्ञानिक कुरा हो ।

२.महिलाहरू यौनसम्पर्कको समयमा कसरी यौन उत्कर्षमा पुग्छन् ?

कतिपय महिलाहरू यौनसन्तुष्टि नपाइरहेको अनुभूति गर्छन् । कतिपयलाई कसरी त्यो चरणमा पुगिन्छ भन्ने जिज्ञासा पनि हुनसक्छ। महिलाहरू योनीमा लिङ्ग पसाएर मात्र यौनउत्कर्षमा पुग्दैनन् । वास्तवमा सबैभन्दा धेरै यौन आनन्द आउने भाग भनेको भगाकुंर हो । यो महिलाको योनीको माथि सानो, गोलो मासुको डल्लो हो ।

यो एकदमै संवेदनशील हुन्छ, किनभने त्यहाँ ८ हजारभन्दा बढी स्नायु हुन्छन् । र, बाहिर सानो टुप्पो मात्र देखिन्छ, भित्र लामो जरा जी–स्पटसम्म फैलिएको हुन्छ ।

महिलाहरू यौनसम्पर्कको क्रममा यौनउत्कर्ष अनुभव गर्ने प्रक्रिया व्यक्तिगत हुन्छ । केही महिलालाई जी–स्पटलाई स्पर्श गर्दा, खेलाउँदा आनन्द आउँछ, तर केहीलाई नआउन सक्छ । केहीलाई सहवासको बेला जीस्पटको हलचलबाट आउँछ । तर, जे होस्, उत्तेजना आउनका लागि सुरुवात मिठो गफ, यौनांग स्पर्शपछि मात्र सम्पर्क गर्दा महिला उत्कर्षमा पुग्न सक्छन्।

३.कस्तो हुन्छ त, चरमउत्कर्षको प्रक्रिया ?

महिलामा सुरूमै उत्तेजना हुन्छ, जसमा शरीर र मन दुवै सक्रिय हुन्छन् । भगाकुंर, योनी, स्तन र अन्य संवेदनशील भागमा रक्तसञ्चार बढ्छ, निप्पल कडा हुन सक्छ र योनिभित्र उत्तेजना बढ्छ । यो चरणमा शरीरमा संवेदनशीलता उच्च हुन्छ।

अर्को चरणमा उत्तेजना अझ बढ्छ, शरीरमा उर्जा र तनाव जम्मा हुन्छ । मांसपेशीहरू कडा हुन्छन् र योनि र अन्य अंगहरू बढी संवेदनशील हुन्छन् । मानसिक रूपमा पनि शरीर यौनको अनुभवमा केन्द्रित हुन्छ ।

उत्कर्ष चरणमा योनि र आसपासका मांसपेशीहरूले सङ्कुचन अनुभव गर्छन् । मस्तिष्कले डोपामिन र अक्सिटोसिन जस्ता हर्मोन निकाल्छ, जसले खुसी र सन्तुष्टि दिन्छ । अन्तिम चरणमा शरीर शान्त हुन्छ र उत्तेजना घट्छ । कतिपय महिलाहरू तुरुन्त पुनः सक्रिय हुन सक्छन्, तर केहीलाई समय चाहिन्छ ।

४.लिङ्गको आकारले साँच्चै फरक पार्छ ?

मेरो लिङ्ग धेरै सानो वा ठूलो त छैन ? यसले सम्भोगमा फरक त पर्दैन ? हरेक पुरुषको मनमा हुने तर पोख्न नसक्ने प्रश्न हो, यो । यो अनुभूति व्यक्तिपिच्छे फरक पर्ने भएकोले प्रश्नको जवाफ अझै पूर्णरूपमा यही हो भनेर किटान गर्न सकिँदैन ।

केही अवस्थामा लिङ्गको आकारले खुसीमा ठूलो भूमिका खेल्नसक्छ । ठूलो योनी भएका महिलालाई भंगाकुर उत्तेजित गर्न ठूलो लिङ्ग चाहिन सक्छ । जी–स्पटबाट मज्जा लिने महिलालाई सानो लिङ्गले उत्तेजना नदिन सक्छ । छोटो योनी भएकी महिलालाई ठूलो लिङ्गले गाह्रो वा दुखाइ हुनसक्छ । औसत लिङ्गको साइज ५–६ इञ्च हुन्छ । तर आकार जस्तोसुकै भए पनि योनीमा छिराउनुको साथै फोर प्ले (पाकक्रिडा) ले यौनसुख दिन सक्छ ।

५.योनीको गहिराइ कति हुनुपर्छ ?

धेरै महिलाहरू आफ्नो योनीको लम्बाइलाई लिएर सचेत हुन्छन् । कसिलो हुनुपर्छ भन्ने धेरै दबाब छ । योनीको लम्बाइ फरक–फरक हुन्छ र उत्तेजित हुँदा यो धेरै लम्बिन सक्छ । यही कारण सानो योनी भएका महिलालाई फोरप्ले एकदम महत्वपूर्ण हुन्छ ।

सामान्य अवस्थामा योनी ३–४ इञ्च लामो हुन्छ । योनी मोजाजस्तै हुन्छ जसलाई रबरको ब्यान्ड जस्तो लचिलो तन्तुले समातेको हुन्छ । यो तन्किन्छ र फेरि सामान्य साइजमा फर्किन्छ । त्यसैले, धेरै यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्नु गलत हो  । योनी झोल्लिने दुई कारण छन्, समय र उमेर  ।

६.हस्तमैथुन गर्नु प्राकृतिक क्रिया हो वा होइन ?

यसमा मान्छे अनुसार फरक-फरक धारणा पाइन्छ । कसैले यसलाई अप्राकृतिक मान्छन् भने कतिले स्वभाविक प्रक्रियाको रुपमा । यद्यपि आम मान्छेले यसलाई असामान्य मान्दैनन् । तर, यो गर्दा फाइदा वा हानि हुन्छ भन्ने कुरामा चाहिँ सबैजना स्पष्ट छैनन् ।

७.यसले हानि गर्छ वा फाइदा ?

यसले फाइदा वा बेफाइदा गर्ने भन्दा पनि मान्छेमा भएको यौन इच्छा शान्त गर्ने प्रक्रियाको रूपमा बुझ्नुपर्छ । हस्तमैथुनको हानि र फाइदा दुवै पक्ष छन् । हस्तमैथुनले स्वास्थ्यमा हानि गरेको पाइएको छैन । तर, यसले मनोविज्ञानमा भने असर गर्न सक्छ ।

मान्छेमा स्वभाविक रुपमा यौन इच्छा जाग्छ । यसलाई कतिले दबाएर राख्न सक्छन्, कतिले प्रकट गर्न सक्छन् । त्यो उनीहरूको अवस्थामा भर पर्छ । यौन इच्छालाई सही रूपमा व्यवस्थापन गर्न नसक्दा त्यसले यौनकुष्ठा पैदा गर्न सक्छ ।

यौनकुण्ठाले मान्छेलाई आफ्नो दैनिक कामकाजमा लाग्न बाधा गर्ने मात्र होइन, कतिपय गलत कृत्य गर्न पनि उक्साउन सक्छ । त्यसैले यस्ता जोखिमबाट बच्नका लागि हस्तमैथुन एक राम्रो विकल्प हो भनी कतिपयले तर्क गरेको पाइन्छ ।

हस्तमैथुनको क्रममा मान्छेले यौन”आनन्द अनुभूत गर्छन् । यतिबेला मस्तिष्कमा एन्डोर्फिन नामक हर्मोन स्राव हुन्छ । यो हर्मोनले मान्छेलाई तनावरहित एवं खुसी बनाउँछ ।
यसले यौन उत्तेजना शान्त पार्छ र मान्छेमा यौनविकार रहँदैन । यसले गर्दा उनीहरू कतिपय यौनकृत्य गर्न उक्सिदैनन् ।

हस्तमैथुन प्राकृतिक दुखाइ निवारक पनि हुनसक्छ । हस्तमैथुनबारे भएको एक अध्ययनले शारीरिक दुखाइ हुँदा यसले ‘पेनकिलर’को काम गर्छ । साथै, यसले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्ने कुरा पनि कतिपय अध्ययनमा पाइएको छ ।

हस्तमैथुनबारे कतिपय भ्रम पनि छन् । कतिले हस्तमैथुन गरिरहँदा दृष्टि गुम्ने, डार्क सर्कल बस्ने, यौनाङ्गको आकार बढ्ने वा सानो हुने, शुक्रकिटको संख्यामा कमी आउने, डन्डिफोर आउने भनिरहेका हुन्छन्, जुन सत्य होइन ।

यसो भनिरहँदा हस्तमैथुनलाई बानीको रुपमा विकास गर्नु उचित हुँदैन । कहिले काहीँ यौन उत्तेजना शान्त पार्नका लागि यो एउटा विकल्प मात्र हो ।

प्रश्न यौन
डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

सोध्न डर लाग्ने तर जान्न इच्छा हुने यौनसम्बन्धी ७ प्रश्न र उत्तर

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

दहीदेखि पाउरोटीसम्म, पत्तै नपाई दैनिक खाइरहेका हुन्छौं धेरै चिनी

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

ओट्स र मुस्ली : कुन बढी स्वस्थकर, किन ?

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा