तस्वीर : रघुनाथ बजगाईं/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र कार्यकर्ताहरू जम्मा भएका छन्।
- एमाले अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन्।
- पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ र कार्यकर्ताहरू मतदान प्रक्रिया बुझ्न थालेका छन्।
२६ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ ।
भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् ।
अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन् ।
एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुनसक्ने वा नहुने भन्नेबारे यकिन भएको छैन ।
यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ ।
जहाँ कार्यकर्ताहरू कसरी मतदान गर्ने भन्नेबारे बुझ्न थालेका छन् । यद्यपि निर्वाचन कार्यक्रमहरू भने तय भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4