+
+
Shares

५ महिनामा सीमा सुरक्षासम्बन्धी करिब ३ हजार संयुक्त गस्ती

आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २ हजार ८३२ संयुक्त सीमा गस्ती भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १५:१६
Listen News
0:00
0:30
🔊

२६ मंसिर, काठमाडौं । करिब पाँच महिनाको अवधिमा सीमा सुरक्षा सम्बन्धी तीन हजारको हाराहारीमा संयुक्त गस्ती भएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म २ हजार ८३२ संयुक्त सीमा गस्ती भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।

उनका अनुसार यो तथ्यांक भारतीय सीमा सुरक्षा बल र सशस्त्र प्रहरीको संयुक्त गस्ती हो । चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्रको एकल सीमा गस्ती भने १२ हजार ८६५ रहेको डीआईजी थापाले बताए ।

आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ७९८ संयुक्त गस्ती भएको थियो । त्यतिबेला सशस्त्रको एकल गस्ती भने ३१ हजार ८१२ थियो । आर्थिक वर्ष २०८०/८१ मा ५ हजार ८५१ संयुक्त सीमा गस्ती र ३१ हजार ५२३ सशस्त्रको एकल सीमा गस्ती भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?