२६ मंसिर, वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् ।
वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीका अनुसार उपचारका क्रममा सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको हो ।
‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उहाँको उपचारका क्रममा मृत्यु भएको हो,’ उनले भने ।
महतोमाथि सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रतिक्रिया 4