२५ मंसिर, काठमाडौ । नेकपा एमालेको निर्वाचन आयोेगका अध्यक्ष डा.विजय सुब्बाले पदाधिकारीमा लड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् सुब्बाले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘हारे पार्टीको भुँइमा बसौला, जिते सत्यमेव जयतेको मन्त्रलाई आजसम्म बिर्सेको छैन र कदापि बिर्सने छैन,’ उनले लेखेका छन् ।
उम्मेदवारी घोषणा गर्दा सुब्बा आफ्नो इतिहास र योगदान पनि सम्झेका छन् । ‘सत्य, इमान र कम्युनिष्ट निष्ठामा लागेँ है भनि कसम खाएँ २०२६/२७ सालतिर,’ उनले लेखेका छन्, ‘गाइने भएँ, साहित्य, संस्कृति र राजनीतिमा लाग्दा परिवारमाथि अपराध गर्न पुगेको हुँ ।’
तर अहिले नयाँ र पुराना पुस्ताका नेताहरुले पदाधिकारीमा दावी गरिरहेको देखेपछि आफूले पनि योग्य सम्झेर उम्मेद्वारी घोषणा गरेको उनले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4