+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवालाई छुट्याउन योगेशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते २२:४९

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् ।

एमालेले प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवालाई कोटा छुट्याएको थियो ।

अब केन्द्रीय कमिटीमै ४० वर्ष मुनिका युवालाई १५ प्रतिशत छुट्याउनुपर्ने प्रस्ताव राखेका हुन् । ‘केन्द्रीय कमिटीमा युवाको संख्या बढाउन १५ प्रतिशतको प्रस्ताव गर्नुभएको छ, तर निर्णय भएको छैन,’ बैठक स्रोतले भन्यो ।

प्रतिनिधि संख्या समेत युवाहरुको धेरै भएकाले उदार भएर सोच्नुपर्ने भट्टराईको प्रस्ताव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?