२७ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । उनी शनिबार ललितपुरस्थित चम्पादेवी हाइकिङ गएका थिए ।
सो क्रममा बीच बाटोमै उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
प्रहरी स्रोतका अनुसार, उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
उनलाई हेलिकप्टरबाट थप उपचारका लागि ग्रान्डि अस्पताल पठाइएको उक्त स्रोतले बताएको छ ।
उनको स्वास्थ्य अहिले सामान्य बन्दै गएको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4