+
+
Shares

प्रचण्डले भने : कुलमान बैगुनी भए, पार पाउने छैनन्

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन् । तिनले त्यसो नगरुन् भन्न चाहान्छु । कुलमानको बुद्धि फिरोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते ९:१४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले जुन थालमा खायो त्यही थालमा छेद हाल्न खोजेको भन्दै नगर्न चेतावनी दिनुभयो।
  • प्रचण्डले कुलमानले आफू प्रधानमन्त्री हुँदा विद्युत् प्राधिकरणमा नियुक्ति पाएको र लोडसेडिङ हटाउन सफल भएको कुरा बिर्सिएको बताउनुभयो।
  • प्रचण्डले कुलमानले बैगुनी भएर पार नपाउने र नेपाली जनताले माफ नदिने टिप्पणी गर्नुभयो।

२८ मंसिर, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङले गुन बिर्सिएको टिप्पणी गरेका छन् । कुलमानले जुन थालमा खायो, त्यही थालमा छेद हाल्न खोजेको भन्दै प्रचण्डले त्यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए त्यही थालमा छेद हाल्न खोज्याछन् । तिनले त्यसो नगरुन् भन्न चाहान्छु । कुलमानको बुद्धि फिरोस् ।’

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री छन् । मन्त्री पदमा रहँदै उनले उज्यालो नेपाल पार्टीमार्फत् राजनीतिमा पाइला चालेका छन् ।

यसै सन्दर्भमा प्रचण्डले वैगुनी पाराले कुलमानले पार नपाउने र जनताले पनि माफ नगर्ने टिप्पणी गरे । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन् । नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भने ।

आफू प्रधानमन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणमा नियुक्त गरेको र लोडसेडिङ हटाउन सम्भव भएको तर कुलमानले त्यो कुरा बिर्सिएको प्रचण्डको टिप्पणी छ ।

‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर’ प्रचण्डले भने, ‘उनले पहिला–पहिला भनेको पनि हो फेरि प्रचण्डले हो मलाई बनाएको भनेर, कुरा बिर्सिएर अहिले लाजमर्नु । म यो भन्दा बढी भन्दिनँ बिचरा ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?