+
+
Shares

अध्यक्ष ओलीलाई योगेशको सुझाव- संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्नुस्

‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौं । मतभन्दा महत्त्वपूर्ण मन हो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २८ गते १३:३२
फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई संख्या होइन, पार्टीभित्र मन मिलाउन लाग्न सुझाव दिएका छन्  ।

आइतबारको केन्द्रीय कमिटी बैठकमा नेता भट्टराईले यस्तो बताएका हुन् ।

‘एउटा विधि तय भइसकेपछि यसलाई फेरि नभत्काऊँ । प्लिज म भन्न चाहन्छु मन जोडौं । मतभन्दा महत्त्वपूर्ण मन हो,’ उनले भने ।

संख्याले हाम्रो क्षमता निर्धारण नगर्ने भन्दै नेता भट्टराईले पार्टीभित्र मन मिलाउन अध्यक्ष लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘अध्यक्षज्यू तपाईँ मन मिलाउन लाग्नुस्, संख्या होइन ।’

उनले अगाडि भने, ‘हामी गम्भिर मोडमा छौँ । केन्द्रीय कमिटीको अन्तिम बैठकमा छौं । केन्द्रीय कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ । केही कमरेडले देखाएको आशंका प्रति म के भन्न चाहन्छु भने हामी सबै एउटै डुंगामा छौं । २३ र २४ भदौले हामी सबलाई दरो झापड हानेको हो । यसलाई कम नआकौँ । संख्याले हाम्रो क्षमता निर्धारण गर्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?