२९ मंसिर, काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झांक्रीले केपी शर्मा ओलीको संरक्षण गर्नु सिंगो पार्टी पंक्तिको प्रमुख दायित्व भएको बताएकी छिन् ।
सोमबार पार्टी महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो टिप्पणी गरेकी हुन् ।
ओलीमाथि देशी, विदेशी अदृश्य शक्तिहरुले आक्रमण गरिरहेकाले एमालेले नेता, कार्यकर्ता पंक्तिले उनको संरक्षण गर्नु दायित्व भएको नेतृ झाँक्रीको भनाइ थियो ।
उनले जेनजी आन्दोलनको नाममा आगो लगाउँदै हिँड्नेहरुको पक्ष लिन नसकिने पनि स्पष्ट पारिन् ।
‘जो नेतृत्वको बारेमा यत्रो ठूलो घेराबन्दी भइराखेको छ । जुन नेतृत्वको बारेमा यत्रो ठूलो एक प्रकारले भन्ने हो भने दृश्य, अदृश्य शक्तिहरुले लडिराखेका छन्,’ उनले भनेकी छिन्, ‘यस्तो बेलामा नेतृत्वको संरक्षण गर्नु, रक्षा गर्नु नै प्रमुख दायित्व हुन आउँछ । त्यही काम अहिले हामी गर्छौं ।’
प्रतिक्रिया 4