+
+
Shares

‘नेपालमा लगानीका लागि बृहत अवसर’

लगानी बोर्ड सीईओ ज्ञवालीले रोजगारी सिर्जना गर्न र दीर्घकालीन साझेदारी निर्माणका लागि पनि चिनियाँ लगानीले सहयोग पुग्ने बताए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार लगायत क्षेत्रमा लगानीका लागि बृहत अवसर रहेको बताए।
  • ज्ञवालीले चिनियाँ लगानीकर्तालाई थप लगानी गर्न आग्रह गर्दै नेपाललाई दक्षिण एसियाको 'गेटवे' बन्न सक्ने बजारको रूपमा उल्लेख गरे।
  • लगानी बोर्डले वैदेशिक लगानी सहजीकरणका लागि एकद्वार सेवा केन्द्र, द्रुत स्वीकृति र नीतिगत सुधारमा विशेष जोड दिएको जानकारी दिए।

१ पुस, काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत अवसर रहेको बताएका छन् । यस्तो अवसरको फाइदा उठाउन ज्ञवालीले थप लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे ।

नेपाल–चीन लगानी सम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रममा सीईओ ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सडक, औद्योगिक लगायत क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको र बजार हिसाबले नेपाल दक्षिण एसियाको ‘गेटवे’ बन्न सक्ने धारणा राखे ।

लगानीका लागि नेपाल आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना गर्न र दीर्घकालीन साझेदारी निर्माणका लागि पनि चिनियाँ लगानीले सहयोग पुग्ने बताए ।

वैदेशिक लगानी थप सहजीकरण गर्न लगानी बोर्डले एकद्वार सेवा केन्द्र, परियोजना प्रस्तावको द्रुत स्वीकृति, संस्थागत सुदुढीकरण, नीतिगत सुधार लगायतमा विशेष जोड दिएको उल्लेख गरे ।

सीईओ ज्ञवालीले नेपाललाई भरपर्दो, प्रतिस्पर्धी र नवप्रवर्तनमा आधारित लगानी गन्तव्यका रूपमा स्थापित गर्न लगानी बोर्डले काम गरिरहेको जानकारी दिए ।

उनले लगानीका लागि सहजीकरण गर्न र आयोजना कार्यान्वयनका क्रममा आइपर्ने समस्या समाधान गर्न बोर्डले अभिभावकको भूमिका निर्वाह गर्ने पनि बताए ।

नेपालमा चिनियाँ लगानी सम्बन्धी कार्यक्रम चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रिज एन्ड कमर्स इन नेपाल र नेपाल चेम्बर अफ कमर्स आयोजनामा भएको थियो ।

कार्यक्रममा कृषि, उद्योग, सूचना प्रविधि, निर्माण क्षेत्र, पर्यटन लगायत क्षेत्रमा अनुभव प्राप्त चिनियाँ लगानीकर्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?