News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर'ले रिलिज भएको २१ दिनमै विश्वव्यापी १ हजार करोड भारु क्लबमा प्रवेश गरेको छ।
- 'धुरन्धर'ले भारतमा ६६८.८० करोड भारु र विश्वव्यापी १,००६.७ करोड भारु कमाएको छ।
- खाडीका ६ राष्ट्रले 'एन्टी-पाकिस्तान' कथाका कारण फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएका छन्।
काठमाडौं । रिलिज भएको २१ दिनमै ‘धुरन्धर’ ले विश्वब्यापी १ हजार करोड क्लबमा प्रवेश गरेको छ, जुन भारतीय फिल्मको लागि एक प्रमुख कोशेढुंगा हो ।
रणवीर सिंह स्टारर यो फिल्मले भारतमा ६६८.८० करोड भारु कमाएको छ, जबकि यसको विश्वव्यापी कमाई अहिले १,००६.७ करोड भारु पुगेको छ ।
बलिउडका ब्यापार विश्लेषक ‘धुरन्धर’ बलिउडलाई अत्यन्तै आवश्यक पर्ने ब्लकबस्टरको रूपमा देखा परेको बताउँछन् । ‘छावा’ पछि यो दोस्रो फिल्म हो जसले यस वर्ष बक्सअफिसमा प्रभुत्व मात्र जमाए, सार्वजनिक चासोलाई पनि आकार दियो ।
‘छावा’ ले सन् २०२५ को सुरुवातमा कीर्तिमानी कमाइ गर्यो । ‘धुरन्धर’ ले वर्षको अन्त्यमा सशक्त वर्षको समाप्ती रच्यो । यसले उद्योगको लागि आशावाद पुनर्जीवित गरेको छ ।
फिल्मको क्राफ्टलाई लिएर चौतर्फी प्रशंसा भएको छ । यद्यपि, कथावस्तु भूराजनीतिक भएकाले यसलाई लिएर विवाद देखिन्छ । बलिउड अभिनेता ऋतिक रोशनले मेकिङको प्रशंसा गर्दै यसको कथामा आफ्नो असहमति रहेको बताएका छन्
‘एन्टी-पाकिस्तान’ कथा भएको जनाउँदै खाडीका ६ राष्ट्रले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का नेता खुलेरै प्रशंसामा उत्रिएका छन् । यसकारण, यसले राजनीतिक तहमा समेत मत विभाजन गरिरहेको देखिन्छ ।
प्रतिक्रिया 4