+

मेडिकल काउन्सिलको निर्वाचन : ११ हजार ९२२ मत खस्यो, मतगणना सुरू

२०८२ पुष  १३ गते १५:१२ २०८२ पुष १३ गते १५:१२
मेडिकल काउन्सिलको निर्वाचन : ११ हजार ९२२ मत खस्यो, मतगणना सुरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
  • निर्वाचनमा कुल ११ हजार ९ सय २२ मत खसेका छन्, जसमा काठमाडौं उपत्यकामा ५ हजार ७६ र उपत्यका बाहिर ६ हजार ८४६ मत छन्।
  • मतगणनाका लागि चार टिमले सय–सय वटाको बन्डल बनाएर दुई दिन समय लाग्ने डा। सतिश देवले बताउनुभयो।

१३ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना सुरु भएको छ ।

काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा मतगणना सुरु भएको हो ।

‘सबै मत एकै ठाँउमा मिसाइएको छ । चार टिमबाट मतगणना सुरू भएको छ । सय–सय वटाको बन्डल बनाइएको छ,’ डा. देवले भने ।

मतगणनाका लागि दुई दिन समय लाग्ने डा‍. देव बताउँछन् ।

निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको थियो ।  तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको छ ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि  काठमाडौंं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुुसमा निर्वाचन भएको थियो ।

नेपाल मेडिकल काउन्सिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय