+
+
Shares

थाइल्याण्डदेखि ल्याएको १२ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक नियाज सोमबार राति पक्राउ परेका छन्।
  • नेपाल एयरलाइन्सको बैंककबाट काठमाडौं आएको उडानमा नियाजको लगेजबाट लागूऔषध फेला परेको प्रहरीले बताएको छ।
  • पक्राउ परेका नियाजलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

१५ पुस, काठमाडौं । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५०  ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनको लगेजबाट उक्त लागूऔषध फेला परेको प्रहरीले बताएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?