फाइल तस्वीर
१६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गरेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन ।
उनले भने, ‘जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व, समाजका सबै स्थापित संघसंस्था र प्रतिनिधिहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्यो भने अर्को तिर नयाँ संकल्पन गर्ने या इतिहासको मञ्चबाट पन्छिन पनि त्यसले प्रश्न चिह्न खडा गरिदियो ।’
सबैले आ-आफ्नो कमजोरी कहाँनेर भयो, त्यसालाई कसरी सच्याउने ? भन्ने विषयमा गम्भीर समीक्षा हुनुपर्ने उनले बताए ।
जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्ने वा इतिहासमा अब आफ्नो औचित्य सकियो भनेर पन्छिने बेला आएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4