News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार मरिचमान श्रेष्ठले निर्देशन र अभिनय गरेको फिल्म 'गोबर गणेश' को प्रचारका लागि गुड्ने जहाजको आकृतिमा सडक-सडकमा प्रचार अभियान सुरु गरेका छन्।
- अभिनेत्री पूजन घिमिरे पाइलट र एअर-होस्टेसको पोशाकमा प्रचार अभियानमा सहभागी भएकी छिन् र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिरहेकी छिन्।
- फिल्म 'गोबर गणेश' १ माघदेखि प्रदर्शन तयारीमा छ र यसमा वर्षा सिवाकोटीले पनि शीर्ष अभिनय गरेका छन्।
काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ ले प्रदर्शन तयारीमा रहेको आफू निर्देशित र अभिनित फिल्मको प्रचारमा अनौठो शैली अपनाएका छन् ।
गुड्ने जहाजको आकृति तयार पारेर उनले सडक-सडकमा पुग्दै फिल्मको प्रचार थालेका हुन् ।
प्रचारयात्रामा मरिचमानसँगै अभिनेत्री पूजन घिमिरे पनि सहभागी छन् । उनीहरू दुवै पाइलट र एअर-होस्टेसको पोशाकमा देखिँदै सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै फिल्मबारे जानकारी दिइरहेका छन् ।
सडकबाटै सुरु गरिएको यस अभियानले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।

मरिचमानका अनुसार ‘गोबर गणेश’ फिल्मबारे हरेक स्थान र व्यक्तिसम्म जानकारी पुगोस् भन्ने उद्देश्यले यस किसिमको प्रचार सुरु गरिएको हो ।
फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् भने निर्देशनको जिम्मेवारी पनि उनैले सम्हालेका छन् । फिल्ममा बर्षा सिवाकोटीको पनि शीर्ष अभिनय छ । ग्रामीण परिवेश र सामाजिक व्यंग्य समेटिएको ‘गोबर गणेश’ १ माघदेखि प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया 4