+
+
Shares

न्यायाधीशलाई धम्की दिने राजकुमारविरुद्ध भक्तपुरमा पनि मुद्दा

न्यायाधीशहरूलाई सामाजिक सञ्जालमार्फत धम्की दिने ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई भक्तपुर जिल्ला अदालतले पनि कैद सुनाएका व्यक्ति भएको खुलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर जिल्ला अदालतले ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई बैंकिङ कसुरमा सात दिन कैद र १५ लाख जरिवाना फैसला सुनाएको छ।
  • तिमल्सिनाले जिल्ला, उच्च र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका थिए र उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।
  • उनले २४ भदौमा कारागारबाट भागेका थिए र डार्क फाइल नेपाल अभियानका अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो।

१७ पुस, काठमाडौं । न्यायाधीशहरूलाई सामाजिक सञ्जालमार्फत धम्की दिने ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई भक्तपुर जिल्ला अदालतले पनि कैद सुनाएका व्यक्ति भएको खुलेको छ ।

तिमल्सिनाविरुद्द भक्तपुर जिल्ला अदालतबाट बैकिङ कसुरमा कैद तथा जारीवानाको सजाय भएको भेटिएको हो ।

आरजु राइस मिल प्रालि र श्यामकृष्ण श्रेष्ठले जाहेरी दिएका दुईवटा फरक-फरक मुद्दामा सात दिन कैद र १५ लाख रूपैयाँ जरिवाना हुने गरी फैसला भएको पाइएको भक्तपुर जिल्ला अदालतले जनाएको छ ।

उनलाई तोकिएको कैद र जरीवाना असुल हुन बाँकी नै रहेकोले तत्काल कार्यान्वयनका लागि प्रहरीलाई पत्राचार गर्ने तयारीमा भक्तपुर अदालत छ ।

तिमल्सिनाले पछिल्लो पटक जिल्ला, उच्च र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमा लेख्ने र भिडियोहरू राख्ने गरेका थिए ।

उनै तिमल्सिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनी कारागार चलान भइसकेका छन् ।

डार्क फाइल नेपाल अभियानका तिमल्सिनाले सार्वजनिक गरेको अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो । उनी ५१ दिन कारागारमा बसेका थिए ।

सोही क्रममा जेनजी आन्दोलनको बेला २४ भदौमा उनी कारागारबाट भागेका थिए । त्यसपछि सामाजिक सञ्जालमार्फत निरन्तर न्यायाधीशहरूमाथि धम्की दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?