+
+
Shares

एमालेका विनोद ढकाल मोरङका तीन क्षेत्रबाट उम्मेदवार सिफारिस

मोरङबाट एमालेका संस्थापन इतर समूहका नेता विनोद ढकालको नाम मोरङका तीन क्षेत्रबाट सिफारिस भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २० गते २०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका ६ क्षेत्रबाट उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रमा पठाइरहेको छ।
  • मोरङमा विनोद ढकाललाई निर्वाचन क्षेत्र नम्बर १, ४ र ६ बाट उम्मेदवारका लागि सिफारिस गरिएको छ।
  • एमाले मोरङ उपाध्यक्ष सागर थापाका अनुसार क्षेत्रीय कमिटीबाट आएका नाम जिल्ला कमिटीमा छलफल गरी प्रदेश कमिटीमा पठाइनेछ र अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्नेछ।

२० पुस, विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले जिल्लाबाट उम्मेदवारका आकांक्षीहरूको नाम केन्द्रमा पठाइरहेको छ । यहीक्रममा मोरङबाट एमालेका संस्थापन इतर समूहका नेता विनोद ढकालको नाम मोरङका तीन क्षेत्रबाट सिफारिस भएको छ ।

जिल्लाका ६ वटै निर्वाचन क्षेत्रीय कमिटीले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्दा केन्द्रले तोकेको मापदण्डभन्दा धेरै नाम पठाएका हुन् । जसमा ढकालको नाम तीन क्षेत्रबाट परेको हो ।

ढकाललाई मोरङको निर्वाचन क्षेत्र नम्बर १, ४ र ६ बाट उम्मेदवारका लागि सिफारिस भएको एमाले मोरङ उपाध्यक्ष सागर थापाले जानकारी दिए ।

एमाले केन्द्रले प्रत्येक निर्वाचन क्षेत्रबाट अधिकतम ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। तर, मोरङमा आकांक्षीको संख्या व्यवस्थापन गर्न नसक्दा न्यूनतम ३ देखि अधिकतम १६ जनासम्मको नाम सिफारिस भएको हो ।

एमाले मोरङका उपाध्यक्ष थापाका अनुसार क्षेत्रीय कमिटीबाट आएका सबै नामहरूलाई जिल्ला कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रदेश कमिटीमा पठाउने तयारी गरेको छ ।

कुन क्षेत्रबाट को-को सिफारिस ?

क्षेत्र नम्बर १ – कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बू, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी र भूपाल जिमी ।

क्षेत्र नम्बर २ – निवर्तमान सांसद ऋषिकेश पोखरेल, रंगेलीका मेयर दिलीप अग्रवाल र नैनकला ओझा ।

क्षेत्र नम्बर ३- पूर्वमन्त्री भानुभक्त ढकाल, बासुदेव थापा, विजय डाँगी, सुजय गौतम, केदारप्रसाद गुरागाईं र प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीलगायत १६ जनाको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ४- केन्द्रीय सदस्य जीवन घिमिरे, विनोद ढकाल, नरेन्द्र बस्नेत र बाबुराम कार्कीसहित ९ जनाको नाम सिफारिस ।

क्षेत्र नम्बर ५ – उद्धव पोखरेल, वीरेन्द्र यादव, मीना यादव र मझार आलमसहित ६ जना ।

क्षेत्र नम्बर ६ – पूर्वमन्त्री लालबाबु पण्डित, पर्शुराम बस्नेत, सत्यनारायण चौधरी र यशोदा अधिकारीलगायतको नाम सिफारिस भएको छ ।

क्षेत्रीय कमिटीबाट आएका नामहरू जिल्ला कमिटीमा छलफल हुने उपाध्यक्ष थापाले बताए । जिल्लाले आफ्नो रायसहित प्रदेश कमिटीमा पठाउनेछ र अन्तिम निर्णय एमालेको केन्द्रीय कमिटीले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?