News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह स्टारर बलिउड फिल्म 'धुरन्धर' ले नेपालमा १९ पुससम्म ९ करोड ७७ लाख ७७ हजार ६८५ रुपैयाँ ग्रस कमाएको छ।
- त्यसै अवधिमा 'धुरन्धर' का २ लाख ९७ हजार ९०७ वटा टिकट बिक्री भएका छन्।
- अन्य फिल्महरूमा 'अवतार : फायर एन्ड यश' ले ५ करोड ७८ लाख ५१ हजार ३००, 'तू मेरी मैं तेरा' ले ३४ लाख २४ हजार ८७८ रुपैयाँ ग्रस कमाएका छन्।
काठमाडौँ । के बलिउड फिल्म ‘धुरन्धर’ ले नेपालको बक्सअफिसमा १० करोड रुपैयाँ ग्रसको उपलब्धि हासिल गर्न सक्ला ?
अहिल्यै यही भन्नु हतार हुनेछ । किनभने, १९ पुस शनिबारसम्म रणवीर सिंह स्टारर स्पाइ-एक्सन-ड्रामाले नेपालमा ९ करोड ७७ लाख, ७७ हजार ६८५ नेरु ग्रस कमाएको छ ।
यो फिल्मको कमाइको गति अहिले सुस्त देखिएको छ । यद्यपि, पौने १० करोड ग्रसको यो कमाइ आफैमा उत्साहजनक भने हो ।
सोही अवधिमा फिल्मको २ लाख ९७ हजार ९०७ वटा टिकट बिक्री भएका छन् ।
‘अवतार : फायर एन्ड यश’ ले ५ करोड ७८ लाख ५१ हजार ३०० नेरु ग्रस कमाएको छ । यो फिल्मका १ लाख ४१ हजार ३३७ वटा टिकट बिकेका छन् ।
कार्तिक आर्यन र अनन्या पाण्डे स्टारर बलिउड रोमान्टिक ड्रामा ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ ले ३४ लाख २४ हजार ८७८ नेरु ग्रस कमाएको छ । यसका ९३६० टिकट बिकेका छन् ।
हलिउड फिल्म ‘एनाकोन्डा’ ले १५ लाख ४२ हजार ३६१ नेरु ग्रस कमाएको छ । यसका ३८७७ वटा टिकट बिकेका छन् ।
‘स्पन्जबब मूभी’ ले ५ लाख २३ हजार ४७८ नेरु ग्रस कमाएको छ । यसका ११८८ वटा टिकट बिकेका छन् ।
प्रतिक्रिया 4