+

अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतियोगितामा स्वर्ण पदक विजेता सरिनालाई सम्मान

२०८२ माघ  ६ गते ९:४६ २०८२ माघ ६ गते ९:४६
अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतियोगितामा स्वर्ण पदक विजेता सरिनालाई सम्मान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरिना घलेले गत वर्ष बेलायतमा आयोजित दुई अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।
  • घले समाज यूकेले १७ जनवरीमा लन्डनमा सरिनालाई ४०० पाउण्डको चेकसहित सम्मान गरेको छ।
  • सरिना आगामी जुनमा हुने जर्मन ओपन मार्शल आर्ट्स च्याम्पियनसिप २०२६ मा प्रतिस्पर्धा गर्ने तयारीमा छिन्।

६ माघ, लन्डन । गत वर्ष फेब्रुअरी र जुनमा बेलायतमा आयोजित अन्तर्राष्ट्रिय मार्शल आर्ट प्रतियोगितामा स्वर्ण पदक जितेकी सरिना घले सम्मानित भएकी छन् । घले समाज यूकेले गत १७ जनवरीमा आयोजित घले ल्होसारका अवसरमा सरिनालाई ४०० पाउण्डको चेकसहित सम्मान गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथी गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष मेजर रि. विष्णु बहादुर घलेले उनलाई सम्मान गरेका थिए । अध्यक्ष घलेले सरिनाको आगामी खेल प्रतियोगितामा सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मान गरिएको बताए ।

प्रमुख अतिथी पुष्पा राणा घलेले विद्यार्थीका रुपमा लन्डन आएर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई गौरवान्वित बनाएको भन्दै बधाइसहित शुभकामना दिएकी थिइन् ।

नुवाकोटको किस्पाङ–१ भाल्चेकी सरिना वर्ल्ड मार्शल आर्टस् कमिटीद्वारा आयोजित खुला च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि चर्चा बटुल्न सफल भएकी थिइन् । उनले नेपाललाई विश्वव्यापी मञ्चमा पहिचान दिलाएकामा बेलायतका विभिन्न संघसंस्थाले सम्मान गरिसकेका छन् ।

अहिले स्नात्तकोत्तर तहमा अध्ययनरत सरिना आगामी जुनमा हुने अन्तर्राष्ट्रिय जर्मन ओपन मार्शल आर्टस् च्याम्पियनसीप २०२६ मा समेत प्रतिस्पर्धा गर्दैछिन् ।

सरिना घले

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय