+

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

२०८२ माघ  ७ गते १७:०४ २०८२ माघ ७ गते १७:०४

डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ।

७ माघ, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बोर्ड नेतृत्वविहीन भएपछि डा. पौडेललाई जिम्मेवारी दिएकी हुन् ।

बोर्डका कार्यकारी निर्देशक रहेका डा. रघुराज काफ्लेले ४ माघमा पदबाट राजिनामा दिएका थिए । डा. काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्वविहीन अवस्थामा थियो।

बीमा बोर्डका कामहरू सुचारु राख्न डा. पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ ।

डा. पौडेल स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन् ।

‘मन्त्रालयले बीमा बोर्डको पनि जिम्मेवारी दिएको छ । बीमामा भएको समस्यालाई बुझेको छु । समधान गर्ने प्रयास गर्छु’ डा. पौडेलले अनलाइनखबरसँग भने ।

बीमा बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय