+

टी–२० विश्वकपका लागि अमेरिकाको टोली घोषणा

२०८२ माघ  १६ गते १७:५४ २०८२ माघ १६ गते १७:५४
टी–२० विश्वकपका लागि अमेरिकाको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ का लागि मोनांक पटेलको कप्तानीमा अमेरिकी टोली घोषणा भएको छ।
  • अमेरिका समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबियासँगै परेको छ।
  • अमेरिकाका समूह चरणका खेलहरू फेब्रुअरी ७ देखि १५ सम्म मुम्बई, कोलम्बो र चेन्नईमा हुनेछन्।

१६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि मोनांक पटेलको कप्तानीमा अमेरिकी टोलीको घोषणा भएको छ । टोलीमा गत संस्करण खेलिसकेका १० खेलाडी पुनः समावेश छन्।

अमेरिकाले गत संस्करण पहिलोपटक टी–२० विश्वकप खेलेको थियो र सुपर–८ सम्म पुग्न सफल भएको थियो। त्यही कारण अमेरिका यसपटक सिधै विश्वकपमा छनोट भएको थियो ।

२०२४ को संस्करणमा आन्द्रियस गौसले २१९ रन बनाएर ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने सौरभ नेत्रभल्करले ६ विकेट लिएर सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका थिए।

यस विश्वकपमार्फत शुभम रञ्जानेले टी–२०आई डेब्यू गर्ने सम्भावना छ भने मोहम्मद मोहसिन र शेहान जयसुरियाले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न सक्नेछन्।

अमेरिका समूह ‘ए’ मा भारत, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबियासँगै परेको छ ।

अमेरिकी टोली : मोनांक पटेल (कप्तान), जेस्सी सिंह, आन्द्रियस गौस, शेहान जयसुरिया, मिलिन्द कुमार, शयान जहांगिर, साइतेजा मुक्कामाला, सञ्जय कृष्णमूर्ती, हर्मीत सिंह, नोस्थुस केन्जिगे, शाड्ली भान शाकवाइक, सौरभ नेत्रभल्कर, अली खान, मोहम्मद मोहसिन, शुभम रञ्जाने।

अमेरिकाका समूह चरणका खेलहरू
फेब्रुअरी ७ – भारत विरुद्ध अमेरिका, मुम्बई
फेब्रुअरी १० – पाकिस्तान विरुद्ध अमेरिका, कोलम्बो
फेब्रुअरी १३ – नेदरल्यान्ड्स विरुद्ध अमेरिका, चेन्नई
फेब्रुअरी १५ – नामिबिया विरुद्ध अमेरिका, चेन्नई

अमेरिका क्रिकेट टी-२० विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय