१९ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ सकिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रूपमा भइरहेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।
मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फको पनि ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।
२१ फागुनमा निर्वाचन हुँदैछ । मत्रपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमा पठाउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4