+
+
Shares
अपडेट :

रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा यपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते ८:०९

२० माघ, बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् ।

धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।

आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा उपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् ।

नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ८६७५ नम्बरको बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।

बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी सापकोटाले बताए ।

बस र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?