+
+
Shares

बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एकै हुन् : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एउटै भएको बताएका छन्।
  • चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, 'सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो।'
  • उनले थपे, 'बालबालिकालाई गोली उसैले हान्यो। सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो।'

१५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ २३ र २४ गतेको घटना घटाउनेहरू एकै भएको बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सिंहदरबार त्यसैले जलायो जसले भ्रष्टाचारको अखडा बनायो । बालबालिकालाई गोली उसैले हान्यो । सिंहदरबार जलाउने र बालबालिकालाई गोली ठोक्ने एउटै हो ‘ उनले भने ।

उनले इतिहासले मागेको कुरा पूरा गर्नका लागि आफूहरू तयार भएर आएको पनि बताए ।  ‘जो जहाँ हुनुहुन्छ – राजनीतिक दल बदल्नुपर्छ भनेकै छैन मात्रै मत बदल्नुस् । सबैको पार्टी हो रास्वपा,’ उनले भने,’ मलाई चर्को नबोल भन्छन् । म परेँ रवि लामिछाने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?