News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली ट्रेल रनर मनकुमार मगरले हङकङमा भएको ९ ड्रागन रेसको उपाधि जितेका छन्।
- मनकुमारले ५० माईल १० घण्टा २६ मिनेट ७ सेकेण्ड र कुल १६ घण्टा ५४ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरे।
- महिला ७२ किमीतर्फ नेपालकी प्रिया राईले एटिमएम फाईनलमा उपाधि जितेकी थिइन्।
१७ फागुन, काठमाडौं । नेपाली ट्रेल रनर मनकुमार मगरले हङकङमा भएको ९ ड्रागन रेसको उपाधि जितेका छन् । एसिया ट्रेल मास्टर (एटीएम) च्याम्पियनसिप फाईनल्स २०२६ अन्तर्गत भएको दी ९ ड्रागनमा मनकुमार पहिलो भएका हुन् ।
५०/५० क्याटेगोरीको रुपमा रहेको यो विभामा रनरले पहिले ५० माईल दाैडेपछि आराम गरेर फेरि ५० किमी दाैडनुपर्छ । सुरुको ५० माईल शनिबार पूरा गरेका मन कुमारले त्यसपछि ५० किमी आईतबार पूरा गरेका हुन् ।
उनले ५० माईल्स १० घण्टा २६ मिनेट ७ सेकेण्डमा पूरा गरेका थिए । उनले मूल दूरी भने १६ घण्टा ५४ मिनेट ४५ सेकेण्डाा पूरा गरे ।
ओलेस्की मेलनाईक १७ घण्ठटा ३९ मिनेट ३९ सेकेण्ड समयसहित दोस्रो भए भने ग्रेट ब्रिटेनका गे म्याथ्यु १८ घण्टा १२ मिनेट ४१ सेकेन्ड समय सहित तेस्रो भए ।
यसैगरी शनिबार भएको एटिमएम फाईनलमा महिला ७२ किमीतर्फ नेपालकी प्रिया राईले उपाधि जितेकी थिइन् ।
प्रतिक्रिया 4