News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसीप भक्तपुरको गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कुलमा सम्पन्न भएको छ ।
- प्रतियोगितामा २५० खेलाडी सहभागी भएका थिए र मित्रश्री विद्यालयले प्रथम, जनप्रेमीले दोस्रो र शिवर्डले तेस्रो स्थान प्राप्त गरेका थिए ।
- राष्ट्रिय खेलकुदका परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङले स्केटिङ खेल ओलम्पिकमा छनोट हुने सम्भावना रहेको र यसको विकासका लागि ध्यान दिनुपर्ने बताएका छन् ।
३० फागुन, भक्तपुर । प्रथम डाइनामिक कप इनलाइन स्केटिङ स्पीड च्याम्पियनसीप शनिबार भक्तपुरको गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कुलमा सम्पन्न भएको छ ।
प्रतियोगितामा जुनियर तथा सिनियर विद्याका खेलाडीको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा मित्रश्री विद्यालयले प्रथम, जनप्रेमी विद्यालयले दोस्रो र शिवर्ड विद्यालयले तेस्रो ट्रफी जित्न सफल भएका थिए । ती तीनवटा विद्यालयबाट २५० खेलाडीको सहभागिता थियो ।
३०० मिटर खेलमा ६-६ वटा महिला तथा पुरुषतर्फका खेल भएका थिए । प्रतियोगितामा ६ देखि ८, ८ देखि १०, १० देखि १२, १२ देखि १४, १४ देखि १६ र १६ देखि १८ उमेर समुहका खेलाडीले स्केटिङ स्पीड च्याम्पियनसीप खेलेका थिए ।
ती मध्ये ३६ जनाले पहिलो, दोस्रो, तेस्रो स्थान प्राप्त गरेर मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
सो प्रतियोगिता डाइनामिक स्केट क्लब भक्तपुर तथा नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनको संयुक्त आयोजनामा भएको हो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुदका परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङले स्केटिङ खेल निक्कै लोकप्रिय हुँदै गएकोले ओलम्पिकमा छनोट हुने सम्भावना रहेको चर्चा गरेका थिए । ओलम्पिकमा छनोट हुने सम्भावना रहेकाले यो खेलको विकासका लागि विद्यार्थी र अभिभावकले ध्यान दिनु पर्ने धारणा पनि उनको थियो ।
सो कार्यक्रममा राष्ट्रिय खेलकुदका परिषदका पूर्व सदस्य सचिव घिसिङ, प्रमुख प्रशिक्षक दिलिपराज बराल, संघका अध्यक्ष अच्युत खनाल, महासचिव सत्य थापा, सल्लाहकार सौनक भट्ट, स्केटका ब्राण्ड एम्बास्डर सञ्जु श्रेष्ठ,डाईनामिक स्केट क्लबका अध्यक्ष रोजन भासिमा, रोलर हक्कीका टीम मेनेजर सावी डिसी, काठमाडौ वर्ल्ड स्कुलका बरिष्ठ निर्देशक डा. विद्या अधिकारी, निर्देशक यांकिला लामा लगायतले विजेताहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
राष्ट्रिय खेलकुदका परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङले स्केटिङ खेल निक्कै लोकप्रिय हुँदै गएकोले ओलम्पिकमा छनोट हुने सम्भावना रहेको चर्चा गरेका थिए । ओलम्पिकमा छनोट हुने सम्भावना रहेकाले यो खेलको विकासका लागि विद्यार्थी र अभिभावकले ध्यान दिनु पर्ने धारणा पनि उनको थियो ।
प्रतिक्रिया 4