News Summary
Generated by OK AI. Editorially reviewed.- भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माइतीघरमा प्रदर्शन भएको छ।
- रक्षा बमसहितले जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा प्रश्न उठाएकी छन्।
- सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
१ चैत, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेर प्रदर्शन गरिएको छ ।
जेनजी आन्दोलनमा अग्रभागमा देखिएकी रक्षा बमसहितले माइतीघरमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले देशका विभिन्न घटनाको छानबिन गर्न समिति बन्ने र उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाउने गरे पनि प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन् ।
सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई प्रतिवेदनसमेत बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4