+
+
Shares

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर

बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा करिब एक दर्जन प्रहरी घाइते भएका छन्।
  • स्थानीयले लागुऔषधका कारण दुई युवकको मृत्यु भएको भन्दै भारतीय सीमा नाकाबाट लागुऔषध तस्करी भएको आरोप लगाएर बाटो अवरुद्ध गरेका थिए।
  • प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको र स्थिति नियन्त्रणका लागि ९ राउन्ड हवाई फायर गरेको डीएसपी प्रमेश बिष्टले बताए।

१० चैत, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

झडपको क्रममा करिब एक दर्जन प्रहरी घाइते भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश बिष्टका अनुसार दुई युवकको केही दिनअघि ज्यान गएको थियो ।

सुतिरहेको अवस्थामा बेहोस भएको भन्दै सुरेश खटिक र बहुरोन खटिकलाई अस्पताल पुर्‍याइएको थियो । उनीहरूको मृत्यु भइसकेको छ । लागुऔषधका कारण मृत्यु भएको र भारतीय सीमा नाकाबाट खुलेआम लागुऔषध तस्करी भएको भन्दै स्थानीयले बाटो अवरुद्ध गरेर प्रदर्शन गरेका थिए ।

बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले बताए । स्थिति नियन्त्रणमा प्रहरीले ९ राउन्ड हवाई फायर गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?