११ चैत, जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । व्रतालुले पूजा सामग्रीसहित हिजो साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि चैती छठ पर्व सकिएको हो ।
कात्तिकमा मनाइने छठ पर्वजत्तिको उल्लेख्य संख्यामा चैती छठ पर्व मनाउनेहरु नभए पनि बर्सेनि यस पर्व मनाउनेको संख्या भने बढ्दै गएको छ ।
चार दिनसम्म अत्यन्त निष्ठासाथ मनाइने चैती छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाने चलन छ ।
तेस्रो दिन अर्थात् षष्ठी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई जलासयमा स्नान गरी उभिएर अर्घ दिने गरिन्छ । अर्घ मा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठेकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ ।
चैती छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।
प्रतिक्रिया 4