+

चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल १९ वैशाखदेखि

२०८२ चैत  १४ गते ८:५३ २०८२ चैत १४ गते ८:५३
चौथो संस्करणको कोहलपुर गोल्डकप फुटबल १९ वैशाखदेखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोहलपुर गोल्डकप फुटबलको चौथो संस्करण १९ देखि २६ वैशाखसम्म बाँकेको कोहलपुर तेह्रविगाह खेल मैदानमा आयोजना हुने भएको छ।
  • प्रतियोगितामा तीन ए डिभिजन, दुई मोफसल, दुई विदेशी र आयोजक गरी आठ क्लब सहभागी हुने आयोजक कर्ण बहादुर बस्नेतले बताए।
  • प्रतियोगिताको विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ र फाइनल टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइनेछ।

१४ चैत, बाँके । कोहलपुर गोल्डकप फुटबलको चौथो संस्करण बाँकेमा १९ देखि २६ वैशाखसम्म सञ्‍चालन हुने भएको छ । खेलहरू बाँकेको कोहलपुर—२ स्थित तेह्रविगाह खेल मैदानमा हुनेछ ।

तीन संस्करणको सफलतापछि आयोजना हुन लागेको चौथो संस्करणको प्रतियोगितामा तीन ए डिभिजन क्लब, दुई मोफसलका क्लब, दुई विदेशी र आयोजक टिम गरी आठवटा क्लब सहभागी हुने छन् ।

प्रतियोगितामा क्षेत्रीय स्तरका खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीसँग खेल्ने, सिक्ने र आफ्नो प्रतिभा प्रर्दशन गर्ने अवसर पाउने आयोजक कोहलपुर गोल्डकप प्रतियोगिताका संयोजक कर्ण बहादुर बस्नेतले बताए ।

प्रतियोगिताको विजेता टिमलाई ८ लाख, उपविजेता टिमलाई ४ लाख रुपैयाँ सहित ट्रफी प्रदान गरिने छ ।

खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ प्रतियोगिताको फाइनलमा पुग्ने २ टिमलाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने र त्यहाँ रहेका होम स्टेहरुमा बस्ने खाने र रमाउने प्रबन्ध मिलाइएको छ । रथाने प्ररिकका खान/नास्ता खुवाउनु का साथै होमस्टेमा बास बसाल्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको संरक्षकको रुपमा कोहलपुर नगरपालिका रहेको छ । प्रतियोगितालाई कोहलपुर नगरपालिका सहित बाँके जिल्लाका स्थानीय तहहरूले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक कोहलपुर गोल्डकप प्रतियोगिताका संयोजक बस्नेतले बताए ।

बाँकेको कोहलपुर क्षेत्रलाई खेलकुदको हबको रूपमा विकास गर्दै लैजाने लक्ष्यका साथ कोहलपुर नगरपालिकाले करिब ७ करोडको लागतमा कोहलपुरकै १३ बिघा क्षेत्रमा २५ सय सिट क्षमताको प्याराफिट सहितको फुटबल मैदानको निर्माण गरिरहेको छ ।

गोल्डकप प्रतियोगितामा दर्शकहरूको भिड रहने गरेको छ । फुटबल प्रतियोगितामा विशेषगरी युवाहरूको आकर्षणलाई मध्यनजर गरेर कोहलपुर नगरपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्माणाधीन खेल मैदानमै गत वर्ष भएको प्रतियागिताको फाइनल खेल हेर्न करिब २ हजार ५ सय दर्शकहरू खेल मैदानमा पुगेका थिए ।

यो वर्षको गोल्डकप सुरु हुने बेला सम्मको खेल मैदानको प्याराफिट मध्ये करिब ६० प्रतिशत प्याराफिट निर्माण भइ सक्ने भएकाले दर्शकहरुले प्याराफिट मै बसेर खेल हेर्ने अवसर पाउने छन ।

अन्य दर्शकहरूलाई खेल मैदानको किनाराहरुमा कुर्सीको व्यवस्थापन गरेर सहज रुपमा प्रतियोगिता हुने प्रबन्ध मिलाउने गरी तयारी भइरहेको संयोजक बस्नेतले बताए ।

कोहलपुर गोल्डकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
कृष्ण अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय