News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराएका छन्।
- जोशीले सुदूरपश्चिमको विकासका लागि सडक नपुगेको उल्लेख गर्दै लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा नरहेको बताए।
- उनले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री बालेन शाहको फोटो पनि राखेका छन्, जसले पहिले काठमाडौं महानगरको मेयर हुँदा पनि ग्रेटर नेपालको नक्सा राखेका थिए।
१७ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसका स्ववियु अध्यक्ष दीपक जोशीले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई स्मरण गराउदै उनले ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
‘प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन हो । आफू दार्चुलाबासी भएकाले पनि हो,’ उनले भने, ‘सुदूर अब दूर नहीँ भन्नु भएको थियो । लिपुलेक लिम्पियाधुरा हाम्रो हो भन्नेमा द्विविधा छैन । तर त्यहाँका जनताले भावनात्मकरुपमा महसुस गराउनु पर्यो ।’
अझै सडक बाटो नपुगेकाले अब त्यस ठाउँको विकासका लागि स्मरण गराएको उनले बताए ।
उनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सासहित प्रधानमन्त्री बालेन शाहको फोटो पनि राखेका छन् ।
यसअघि काठमाडौं महानगरको मेयर हुँदा बालेनले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4