+

पीएसएलमा बल टेम्परिङ : फखार जमानलाई दुई खेलको प्रतिबन्ध

२०८२ चैत  १७ गते १७:५२ २०८२ चैत १७ गते १७:५२
पीएसएलमा बल टेम्परिङ : फखार जमानलाई दुई खेलको प्रतिबन्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमानलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
  • फखारले कराँची किङ्ससँगको खेलमा बलसँग छेडछाड गरेको ठहर भएको हो ।
  • फखारले अब मुल्तान सुल्तान्स र इस्लामाबाद युनाइटेडविरुद्धको खेल गुमाउनेछन् ।

१७ चैत, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) मा बल टेम्परिङ गरेको आरोपमा लाहोर कलन्दर्सका खेलाडी फखार जमान दुई खेलको प्रतिबन्धमा परेका छन् ।

गत आइतबार भएको कराँची किङ्ससँगको खेलमा बलसँग छेडछाड गरेको ठहर भएपछि उनलाई अधिकतम सजायस्वरूप दुई खेल प्रतिबन्ध दिइएको हो । उक्त खेलमा लाहोर ४ विकेटले पराजित भएको थियो ।

म्याच रिफ्री रोशन महानामा ले अनुशासन सुनुवाइपछि फखरले पीएसएल आचारसंहिताको धारा ४१.३ उल्लंघन गरेको निष्कर्ष निकालेका हुन् । फखारले आरोप अस्वीकार गरेपछि औपचारिक सुनुवाइ गरिएको थियो ।

घटना कराँचीको रन चेजको अन्तिम ओभर सुरु हुँदा देखिएको थियो । फिल्ड अम्पायर फैसल अफ्रिदीले बल शंकास्पद देखेपछि अर्को अम्पायरसँग परामर्श गरी बल परिवर्तन गरेका थिए ।

पीएसएल नियमअनुसार पहिलो पटकको लेभल–३ अपराधमा कम्तीमा एकदेखि बढीमा दुई खेलसम्म प्रतिबन्ध लाग्ने व्यवस्था छ ।

यस निर्णयसँगै फखारले अब मुल्तान सुल्तान्सविरुद्ध अप्रिल ३ र इस्लामाबाद युनाइटेडविरुद्ध अप्रिल ९ मा हुने खेल गुमाउनेछन् ।

साथै, उनले ४८ घण्टाभित्र यस निर्णयविरुद्ध अपिल गर्न सक्नेछन् ।

पीएसएल फखार जमान बल टेम्परिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय