+

निद्रामा किन अचानक हातखुट्टा चल्छ ?

२०८२ चैत  २२ गते ११:०३ २०८२ चैत २२ गते ११:०३

मानिस जब निदाउँछ उसले निद्राको विभिन्न चक्र पार गर्दै जान्छ । जसमा ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ ।

Shares
निद्रामा किन अचानक हातखुट्टा चल्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्लिपिङ विहेभियर डिसअर्डरमा व्यक्ति निद्राको र्‍यापिड आई मुमेन्ट चरणमा सपनाअनुसार हातखुट्टा चलाउँछन् र हिंसात्मक व्यवहार देखाउँछन्।
  • यो समस्या पार्किन्सन्स र मल्टिपल सिस्टम एटोर्फीजस्ता स्नायु रोगको सुरुवाती संकेत हुन सक्छ र ५० वर्षमाथिका पुरुषमा बढी देखिन्छ।

निद्रा हाम्रो जीवनको आधार हो । यसले शरीरलाई आराम दिन्छ, दिमागलाई शान्त पार्छ र दिनभरको थकान हटाउँछ । सामान्य अवस्थामा निद्रामा सपना देखिन्छ तर शरीर भने स्थिर रहन्छ । तर केही व्यक्तिहरूमा यो नियम बिग्रिन्छ ।

उनीहरू सपना देख्दै गर्दा नै हात–खुट्टा चलाउन थाल्छन्, लात हान्छन्, मुक्का हान्छन्, जोडले बोल्छन्, चिच्याउँछन् वा ओछ्यानबाट निस्किएर भाग्ने प्रयास गर्छन् । यस्तो व्यवहार बारम्बार दोहोरिन्छ भने यो कुनै साधारण कुरा होइन ।

यो ‘स्लिपिङ विहेभियर डिसअर्डर’ नामक गम्भीर निद्रा समस्याको संकेत हुन सक्छ । धेरै परिवारले यसलाई हाँसोठट्टा वा सानोतिनो कुरा ठानेर बेवास्ता गर्छन् तर यसले आफैंलाई वा नजिकै सुतिरहेको व्यक्तिलाई चोट पुर्‍याउने खतरा हुन्छ ।

समयमै ध्यान नदिएमा यो समस्या झन् बढ्न सक्छ र भविष्यमा पार्किन्सन्स जस्ता रोगको सुरुवात पनि हुन सक्छ ।

यो समस्या के हो ?

यस्तो समस्या ‘र्‍यापिड आई मुमेन्ट’मा हुन्छ । यो भनेको निद्राको एउटा चरणमा हो, जहाँ दिमाग निकै सक्रिय हुन्छ र जीवन्त सपना देखिन्छन् । सामान्य व्यक्तिमा ‘र्‍यापिड आई मुमेन्ट’को चरणमा मस्तिष्कको एउटा भागले मांसपेशीलाई अस्थायी रूपमा पक्षाघात गर्छ, जसलाई मसल्स एटोनिया भनिन्छ । यसले शरीरलाई सपनाअनुसार हिँडडुल गर्नबाट रोक्छ । तर ‘स्लिपिङ विहेभियर डिसअर्डर’ भएका व्यक्तिमा यो एटोनिया प्रक्रिया कमजोर वा पूर्णरूपमा बन्द हुन्छ ।

फलस्वरूप व्यक्ति सपनामा जे देख्छ त्यसैअनुसार शारीरिक क्रियाकलाप गर्छ । यो पारासोमेनियाको एक प्रकार हो, जसमा निद्रामा असामान्य र कहिलेकाहीँ हिंसात्मक व्यवहार हुन्छ ।

निद्राका ६ चरण

मानिस जब निदाउँछ उसले निद्राको विभिन्न चक्र पार गर्दै जान्छ । जसमा ४ देखि ६ चक्र हुन्छ । यो क्रममा मस्तिष्क, मुटु जस्ता अंगहरु सुस्त गतिमा चलिरहेको हुन्छ । करिब ९० मिनेटको एउटा निद्राको चक्र हुन्छ, जसमा ७५ मिनेटको चक्र गहिरो हुन्छ ।

यसलाई ननर्‍यापिड मुमेन्ट पनि भनिन्छ । त्यसक्रममा हामी अचेत जस्तै हुन्छौं, जसकारण सपना देखे पनि याद गर्न सक्दैनौं । र, त्यसपछिको १५ मिनेटको चक्र त्यति गहिरो हुँदैन, जसकारण हामी सपनामा देखेको कुरा स्मरण गर्न सक्छौं । सो १५ मिनेटको अवस्थालाई र्‍यापिड आई मुमेन्ट भनिन्छ । गहिरो निद्रापछि ब्युँझिने गर्छौं । त्यसबाहेक निद्रामा बाहिरी अवरोध आउँदा अर्थचेतनको अवस्थामा हामी ब्युँझिन सक्छौं ।

लक्षणहरू कस्ता हुन्छन् ?

यो समस्याका लक्षणहरू क्रमशः बढ्दै जान्छन् । प्रायः रातको दोस्रो भागमा अर्थात् बिहानतिर बढी देखिन्छ, किनकि ‘र्‍यापिड आई मुमेन्ट’ चरण त्यस समयमा बढी सक्रिय हुन्छ । व्यक्ति निद्रामा जोडले कुरा गर्छन्, गाली गर्छन्, चिच्याउँछन् वा डरलाग्दो सपना देखेपछि अचानक उठेर बस्छन् ।

कतिपयले हात–खुट्टा हल्लाउँछन्, मुक्का हान्छन्, लात हान्छन् वा ओछ्यानबाट खसेर भाग्ने प्रयास गर्छन् । बिहान उठ्दा उनीहरू आफैंलाई चोट लागेको पाउँछन्, ओछ्यानमा सामान छरिएको हुन्छ वा जीवनसाथीले चोट लाग्ने डरले अलग सुत्नुपर्ने अवस्था आउँछ । यस्ता घटनाले सम्बन्धमा तनाव पनि निम्त्याउछ ।

कारणहरू के–के हुन सक्छन् ?

यो समस्या किन हुन्छ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट छैन । तर विभिन्न कारणहरूलाई जिम्मेवार मान्ने गरिन्छ । जस्तो कि, उमेर बढ्दै जाँदा मस्तिष्कको ब्रेनस्टेम रहेका कोषहरूमा परिवर्तन आउँछ, जसले एटोनिया प्रक्रियालाई प्रभावित गर्छ । न्यूरोट्रान्समिटरहरू जस्तै ‘गाबा’ र ‘ग्कोलिसिन’को असन्तुलन पनि कारण हुन सक्छ ।

केही एन्टिडिप्रेसन्ट औषधि, बीटा–ब्लकर वा अन्य औषधिले यो समस्या ट्रिगर गर्न सक्छन् । रक्सी वा नशालु पदार्थको बढी प्रयोगले पनि जोखिम बढाउँछ । सबैभन्दा महत्वपूर्ण कुरा यो पार्किन्सन्स डिजिज, मल्टिपल सिस्टम एटोर्फी जस्ता स्नायु रोगको सुरुवाती संकेत पनि हुन सक्छ । अध्ययनहरूले देखाएअनुसार व्यक्तिमध्ये ३० देखि ८० प्रतिशतमा १० देखि १५ वर्षभित्र यस्ता रोग देखिन्छ ।

जोखिम बढी कसलाई ?

यो समस्या विशेषगरी ५० वर्षभन्दा माथिका व्यक्तिमा बढी देखिन्छ रमहिलाभन्दा पुरुषहरूमा धेरै गुणा बढी हुन्छ । आम जनसंख्यामा यो १ प्रतिशतभन्दा कम छ तर ६० वर्ष माथिका व्यक्तिमा २ देखि ८ प्रतिशतसम्म पुग्न सक्छ ।

त्यस्तै, छारे रोग भएकाहरूमा पनि यो समस्या हुनसक्छ ।

पार्किन्सन्स रोग भएकाहरूमा ३० देखि ५० प्रतिशत र डीमेन्सिया भएकामा ७० देखि ९० प्रतिशतसम्म हुने गरेको पाइन्छ । यदि परिवारमा यस्तो इतिहास छ भने जोखिम अझ बढी हुन्छ ।

कतिबेला चिकित्सकलाई भेट्ने ?

चोटपटक नै लाग्ने गरी रातमा यो समस्या देखिए, सधैँ एकनासको हात खुट्टा चलाउने खालको छारे रोग छ भने वा यस्तो क्रियाकलापपछि मन आत्तिने, डराउने भएमा पनि तुरुन्त अस्पताल लानु उपयुक्त हुन्छ ।

निदान कसरी गरिन्छ ?

यो समस्या पत्ता लगाउन सामान्य जाँच पर्याप्त हुँदैन । चिकित्सकले विस्तृत इतिहास लिन्छन् जसमा जीवनसाथी वा परिवारका सदस्यबाट जानकारी लिन्छन् । सबैभन्दा महत्वपूर्ण पोलीस्म्नोग्राफी अर्थात् स्लीप स्टडी टेस्ट हो । यसमा रातभर मस्तिष्कको तरंग, आँखाको हलचल, मांसपेशीको गतिविधि, हृदयको धड्कन र श्वासप्रश्वास रेकर्ड गरिन्छ ।
आवश्यक परे न्यूरोलोजिकल परीक्षण, एमआरआई वा अन्य परीक्षण पनि गरिन्छन् ।

उपचार र व्यवस्थापन कसरी गर्ने ?

यसको पूर्णउपचार छैन तर लक्षण हेरेर चिकित्सकीय सिफारिसमा औषधिले राम्रोसँग नियन्त्रण गर्न सकिन्छ ।

साथै, ओछ्यान वरिपरि नरम कुशन वा फोम राख्ने, खतरनाक वस्तुहरू हटाउने, अलग ओछ्यान प्रयोग गर्ने जस्ता सुरक्षा उपाय अपनाउनुपर्छ ।

नियमित निद्रा समय कायम गर्ने, मदिरा र क्याफिन कम गर्ने, तनाव व्यवस्थापन गर्ने र व्यायाम गर्ने जस्ता जीवनशैली परिवर्तनले पनि फाइदा पुग्छ । यदि पार्किन्सन्स जस्ता रोगको जोखिम छ भने नियमित फलोअप आवश्यक हुन्छ ।

यी उपायहरू अपनाउँदा चोटको जोखिम ८० देखि ९० प्रतिशतसम्म कम गर्न सकिन्छ ।

निद्रा स्नायु रोग
डा. सुरेश सापकोटा
लेखक
डा. सुरेश सापकोटा
स्नायुरोग विशेषज्ञ

डा. सुरेश सापकोटा  न्यूरोसर्जन हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्रामा किन अचानक हातखुट्टा चल्छ ?

निद्रामा किन अचानक हातखुट्टा चल्छ ?

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

उपचारमा लैंगिक विभेद, छोरी बिरामी हुँदा खर्च गर्दैनन् परिवार

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन