+

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ

२०८३ वैशाख  २ गते १०:३८ २०८३ वैशाख २ गते १०:३८
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने क्रममा क्यानले बुधबार बिदाइ गरेको छ ।
  • क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउदले महिला क्रिकेटमा पहिलो पटक विदेशी प्रशिक्षक ल्याएको र टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
  • कप्तान इन्दु बर्माले उपाधि जित्ने लक्ष्य राखेको बताइन् ।

२ वैशाख, काठमाडौं । रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई बिदा गरेको हो ।

क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउद लगायतले नेपाली टोलीलाई बिदाइ गरे । साउदले महिला क्रिकेटको विकासका लागि क्यानले धेरै मेहेनत गरेको र पुरुष सरह प्राथमिकता दिएको बताए ।

उनले महिला क्रिकेटमा पहिलो पटक विदेशी प्रशिक्षक पनि ल्याएको र नेपाली टिमले पनि राम्रो प्रदर्शन गरिरहेको बताए । साथै उनले रुवान्डामा नेपालले उत्कृष्ट प्रदर्शन गरेर राम्रो नतिजा ल्याउने विश्वास राखे ।

कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प राखेको र विदेशी कोचको अन्डरमा धेरै कुरा सुधार भइरहेको बताइन् । उनले आगामी दपनमा अझ राम्रो प्रदर्शन गर्ने पनि बताइन् ।

‘रणनीति अनुसार धेरै कुरा सुधार भएको छ, क्यानले पनि महिला क्रिकेटलाई धेरै सपोर्ट गरेको छ । यसपटक उपाधि जितेर नै फर्कने लक्ष्य लिएका छौं’ इन्दुले भनिन् ।

मुख्य प्रशिक्षक हर्षल पाठकले यसपटक क्याम्प राम्रो भएको र अन्डर प्रेसरमा राम्रो प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए । यसपटकको तयारीबाट राम्रो नतिजा आउनेमा आफू विश्वस्त रहेको बताए । साथै उनले राम्रो तयारी गर्ने वातावरण मिलाएकोमा क्यानलाई धन्यवाद समेत दिएका थिए ।

अप्रिल १८ देखि मे १ सम्म हुने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिम : इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय

मुख्य प्रशिक्षक : हर्षल पाठक
सहायक प्रशिक्षक : रिजन प्रजु
टेक्निकल डिरेक्टर : रवि थापा
फिजियो : कर्मा छेदेन गुरुङ
टिम म्यानेजर : सरोबर प्रसाईं

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय