+
आईपीएल २०२६ :

लखनउलाई हराउँदै राजस्थान दोस्रो स्थानमा उक्लियो

२०८३ वैशाख  ९ गते २३:५५ २०८३ वैशाख ९ गते २३:५५
लखनउलाई हराउँदै राजस्थान दोस्रो स्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै पाँचौै जित हासिल गरेको छ।
  • राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो भने लखनउ १८ ओभरमा ११९ रनमा अलआउट भयो।
  • जोफ्रा आर्चरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने रविन्द्र जडेजा ४३ रनमा अविजित रहे।

९ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौै जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गर्दै राजस्थान १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको लखनउ १८ ओभरमा ११९ रनमा अलआउट भयो । मिचेल मार्शले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

मार्शले ४१ बलमा सर्वाधिक ५५ रन बनाए । निकोलस पूरनले २२ तथा हिम्मत सिंहले १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

राजस्थानका  लागि जोफ्रा आर्चरले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए । नान्द्रे बर्गर र ब्रिजेश शर्माले २-२ विकेट लिए । रविन्द्र जडेजा र रवि बिश्नोईले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । सुरुवात राम्रो नभएपनि राजस्थानले प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो ।

यशश्वी जैसवाल २२, वैभव सूर्यवंशी ८ अनि ध्रुव जुरेल शून्यमै आउट भएपछि राजस्थानले ३२ रनमा ३ विकेट गुमाएको थियो । कप्तान रियान पराग २० अनि शिम्रोन हेटमायर २२ रनमा आउट भए ।

रविन्द्र जडेजाले अन्तिम ओभरमा २० रन प्रहार गर्दै ४३ रनमा अविजित रहे । डोनोभन फेरेराले २० अनि शुभम दुबेले १९ रन बनाए ।

लखनउका मोहम्मद शामी, प्रिन्स यादव र मोहसिन खानले २-२ विकेट लिए ।

राजस्थानले ७ खेल खेल्दा ५ जितका साथ १० अंक जोडेको हो । एक खेल कम खेलेको पन्जाब ११ अंकसहित शीर्षमा यथावत् छ ।

पराजित लखनउ ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ ।

आईपीएल २०२६ राजस्थान रोयल्स लखनउ सुपर जायन्ट्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय