+

पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ पुलिस र एपीएफको विजयी सुरुवात

२०८३ वैशाख  १० गते १२:५७ २०८३ वैशाख १० गते १२:५७
पीएम कप एनभीए भलिबल लिग : महिलातर्फ पुलिस र एपीएफको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेडबुल दशौं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ मा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन्।
  • महिलातर्फ पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० ले हराएको छ र उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भएकी छन्।
  • एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराएको छ र महिलातर्फ उत्कृष्ट ६ टोलीले सिंगल राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन्।

१० वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा महिलातर्फ दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबारदेखि सुरु भएको लिगमा साविक विजेता समेत रहेको पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा हरायो ।

प्रतिस्पर्धात्मक पहिलो सेट टाइब्रेकरमा २६-२४ ले आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछि दुई सेट २५-१६, २५-१७ ले सहजै जित्यो । पुलिसकी उषा भण्डारी खेलको प्लेयर अफ दि म्याच घोषित भइन् ।

यस्तै महिलातर्फ बिहीबार बिहान भएको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपीएफले २५-२३ ले जितेर खेलमा अग्रता लिएको थियो । तर आर्मीले पुनरागमन गर्दै दोस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै खेल १-१ को स्थितिमा पुर्‍यायो ।

त्यसपछि एपीएफले तेस्रो र चौथो सेट समान २५-१९ को स्कोरमा जित्दै खेल जितेको हो ।

एनभीए लिगमा महिलातर्फ उत्कृष्ट ६ टोलीले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ उत्कृष्ट ८ टोली सहभागि छन् । पुरुषतर्फ बिहीबारै दुई खेल हुनेछ ।

पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय