News Summary
Generated by OK AI. Editorially reviewed.- फिफाले यस वर्ष हुने विश्वकपमा इरानको स्थानमा इटालीलाई राख्ने योजना नरहेको जनाएको छ ।
- फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीले नै विश्वकप खेल्ने कुरा स्पष्ट पारिसकेका छन् ।
- विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
१० वैशाख, काठमाडौं । फिफाले यस वर्ष हुने विश्वकपमा इरानको स्थानमा इटालीलाई राख्ने कुनै योजना नरहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत पाओलो जामपोलीले यस्तो प्रस्ताव राखे पनि फिफाले त्यसलाई अघि नबढाएको हो ।
अमेरिका र इजरायलसँगको युद्धका कारण इरानको सहभागितामाथि केही अन्योल रहे पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानी टोलीले नै विश्वकप खेल्ने कुरा स्पष्ट पारिसकेका छन् ।
जाम्पोलीले इटालीलाई इरानको स्थानमा राख्न सुझाव दिएका थिए । उनले इटाली चार पटकको विश्वकप विजेता भएकाले सहभागी हुन योग्य रहेको बताएका थिए । तर, इटाली भने पछिल्ला तीन संस्करणमध्ये लगातार तेस्रोपटक विश्वकपका लागि छनोट हुन असफल भएको छ ।
इरानले प्रतियोगितामा न्यूजिल्यान्ड, बेल्जियम र इजिप्टसँग खेल्ने तालिका छ । विश्वकप जुन ११ देखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।
फिफाका नियमअनुसार कुनै टोली बाहिरिएमा मात्रै अर्को टोली राख्ने निर्णय गर्न सकिन्छ । हालसम्म इरान प्रतियोगितामा सहभागी हुने तयारीमै रहेको जनाइएको छ ।
-बीबीसी स्पोर्ट्सबाट
प्रतिक्रिया 4