+

हेल्प नेपाल पीएम कप एनभीए भलिबलको पुरुषतर्फ फाइनलमा

२०८३ वैशाख  १७ गते १९:४७ २०८३ वैशाख १७ गते १९:४७
हेल्प नेपाल पीएम कप एनभीए भलिबलको पुरुषतर्फ फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए पुरुष भलिबल लिग २०८३ मा नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।
  • हेल्प नेपालले लगातार छैटौं जित हात पार्दै ६ खेलबाट १८ अंक जोडेर एक्लो अपराजित टोली बनेको छ भने पुलिस १५ अंकमा सीमित रह्यो।
  • रुकुम पश्चिमले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराउँदै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ र पुलिससँगको खेलपछि अर्को फाइनल टोली टुंगो लाग्नेछ।

१७ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

लगातार छैटौं जित हात पार्ने क्रममा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई २५–२२, २५–१९, २३–२५, २५–१७ ले हरायो ।

यस जितसँगै हेल्प नेपाल ६ खेलबाट १८ अंक जोड्दै एक्लो अपराजित टोली बनेको छ । यता, पहिलो हार बेहोरेको पुलिस १५ अंकमा सीमित रह्यो ।

अर्को खेलमा रुकुम पश्चिमले त्रिभुवन आर्मी क्लबलाई पनि ३–१ सेटले हराउँदै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । रुकुम पश्चिमको पनि ६ खेलबाट १५ अंक पुगेको छ ।

अब शुक्रबार हुने पुलिस र रुकुम पश्चिमबीचको खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

१०औं पीएम कप एनभीए भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय