+
+
Shares

विशेष लाइसेन्स परीक्षामा ८१ प्रतिशत डाक्टर पास

नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
  • काउन्सिलको २९ वैशाखको बैठकमा १३१ जना उत्तीर्ण भएको र ३२ जना फेल भएको जानकारी दिइएको छ।
  • काउन्सिलले सात वटा समिति गठन गर्ने निर्णय गरेको छ, जसमा शिक्षा, दर्ता, परीक्षा र खरिद समिति समावेश छन्।

५ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

२९ वैशाखको काउन्सिलको पूर्ण बैठकमा निर्णय सार्वजनिक गर्दै १३१ जना उत्तीर्ण भएको जनाएकारी दिएको छ ।

२० चैतमा लिएको काउन्सिलको विशेष लाइसेन्स परीक्षामा १६५ जना परीक्षार्थीले फर्म भएका थिए । तर परीक्षामा दुई जना भने अनुपस्थित भए । काउन्सिलका अनुसार २ जना अनुपस्थित र ३२ जना परीक्षार्थी फेल भएका छन् ।

त्यसैगरी काउन्सिलको कार्य सञ्चालन गर्नका ७ वटा समिति गठन गर्ने निर्णय गरिएको छ ।

शिक्षा तथा सीपीडी समिति, दर्ता समिति, विदेशी नागरिक चिकित्सक दर्ता समिति, व्यावसायकि आचरण तथा स्वास्थ्य समिति, परीक्षा समिति, दन्त समिति र खरिद समिति बनाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?