News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ६७ घरधुरीको खेतीयोग्य जमिन बगाएको छ।
- प्रहरी चौकी मेल्छामबाट ६ घण्टापछि घटनास्थल पुगेपछि भेडाबाखा निकाल्ने काम सुरू भएको छ।
- डाँफे आधारभूत विद्यालयको भवन भत्किएपछि कम्प्युटर र प्रिन्टर नष्ट भएको छ र सांसदहरूले राहतको व्यवस्थापन गर्न आग्रह गरेका छन्।
६ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले क्षतिग्रस्त क्षेत्रमा प्रहरी पुगेको छ ।
प्रहरी चौकी मेल्छामबाट ६ घण्टापछि प्रहरी पुगेको हो ।
प्रहरी पुगेपछि गोठ भत्किएर पुरिएको भेडाबाखा निकाल्ने काम सुरू भएको चंखेली गाउँपालिका–५ का रामचन्द्र तामाङले जानकारी दिए ।
गएराति एक्कासी असिना पानीले गाउँको खेतीयोग्य जमिन क्षतविक्षत बनाएको तामाङले गुनासो गरे ।
६७ घरधुरी खेतीयोग्य जमिन बगाएर लिएपछि यहाँका स्थानीय बासीहरू सकस भएको तामाङको भनाइ छ
गाउँपालिका केन्द्रबाट एक दिन पैदलपछि चंखेली गाउँपालिका–५ को नेप्का गाउँ पुग्नुपर्ने बाध्यता छ ।
डाँफे आधारभूत विद्यालयको ५ कोठे भवन भत्किएपछि विद्यालयको कम्युटर, प्रिन्टर, लगायतका सम्पूर्ण सामाग्री नष्ट भएको डाँफे आधारभूत विद्यालयका प्रधानाध्यापक बलि तामाङले जानकारी दिए ।
उक्त ठाउँमा भएको क्षतिबारे संसद्मा जानकारी गराउँदै एमाले सांसद यशोदाकुमारी बराल र सुर्खेतबाट निर्वाचित सांसद रमेश सापकोटाले राहतको व्यवस्थापन गर्न आग्रह गरेकी छिन् ।
प्रतिक्रिया 4