+
+
Shares

इरानको युरेनियम व्यवस्थापन गर्न रुस तयार छ : रोसाटम प्रमुख

बेइजिङमा ‘इज्भेस्तिया’ सँगको अन्तर्वार्तामा लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो भएकाले त्यसलाई सम्हाल्न रुसका लागि सहज हुने स्पष्ट पारे।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसी आणविक ऊर्जा निगम 'रोसाटम' का प्रमुख एलेक्सी लिकाचेभले इरानको संवर्धित युरेनियम व्यवस्थापन गर्न रुस तयार रहेको बताएका छन्।
  • लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो भएकाले त्यसलाई सम्हाल्न रुसका लागि सहज हुने स्पष्ट पारे।
  • इरान-अमेरिका वार्तामा देखिएको गतिरोध अन्त्य गर्न र विश्वासको वातावरण निर्माण गर्न रुस जस्तो तेस्रो पक्षको भूमिका आवश्यक रहेको लिकाचेभले बताए।

६ जेठ, काठमाडौं । रूसी राज्यको आणविक ऊर्जा निगम ‘रोसाटम’ का प्रमुख एलेक्सी लिकाचेभले इरानको संवर्धित युरेनियम व्यवस्थापन गर्न रुस तयार रहेको बताएका छन् ।

बेइजिङमा ‘इज्भेस्तिया’ सँगको अन्तर्वार्तामा लिकाचेभले इरानसँग रहेको संवर्धित युरेनियमको परिमाण सानो भएकाले त्यसलाई सम्हाल्न रुसका लागि सहज हुने स्पष्ट पारे।

इरान र अमेरिकाबीच जारी द्विपक्षीय वार्तामा आणविक कार्यक्रमलाई लिएर गतिरोध कायम रहँदा लिकाचेभले यस्तो टिप्पणी गरेका हुन्। अमेरिकाले इरानको सम्पूर्ण आणविक पूर्वाधार भत्काउनुपर्ने र युरेनियम अमेरिका पठाउनुपर्ने अडान राख्दै आएको छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

लिकाचेभका अनुसार इरान-अमेरिका वार्तामा देखिएको गतिरोध अन्त्य गर्न र विश्वासको वातावरण निर्माण गर्न रुस जस्तो तेस्रो पक्षको भूमिका आवश्यक छ। यसअघि पनि सन् २०१५ मा इरानको आग्रहमा रुसले संवर्धित युरेनियम ओसारपसारमा सहजीकरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?