News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको कूटनीतिक अडानलाई अझ बलियो बनाएको बताए ।
- मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्नुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको उनले उल्लेख गरे ।
- बजेट पारित गर्न ढिलाइ हुने भएकाले विपक्षी दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने बुर्लाकोटीले बताए ।
१९ जेठ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ ।
मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सीमा सम्बन्धि विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गरेका हुन् ।
महामन्त्री बुर्लाकोटीले रास्वपाले मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने अडानमा स्पष्ट रहेको पनि बताए ।
‘अहिलेको जुन रिर्पोटहरू छ सामान्यतया: । अब यो दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएको छ । त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो,’ महामन्त्री बुर्लाकोटीले भने, ‘यो चाहीँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्दछ भन्ने जुन प्रधानमन्त्रीज्युले राख्नुभएको छ । त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ ।’
प्रधानमन्त्री साहले उक्त विषयमा समय आएपछि जवाफ दिने बताउँदै विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताउनु भयो ।
‘यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आई नै हाल्छ । अव अर्कोलाई यो रिवर्स कूटनीति पनि हो । अर्कोतर्फ पार्टीले त यस अगाडि नै हामीले हाम्रो भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्दछ । र, भूमि फिर्ता लिनका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेको छ,’ उनले भने ।
महामन्त्री बुर्लाकोटीले बजेट पारित गर्न ढिलाइ हुने भएकाले पनि विपक्ष दलहरूले संसद बैठक अवरुद्ध पार्न नहुने पनि बताए ।
प्रतिक्रिया 4