News Summary
Generated by OK AI. Editorially reviewed.- गौशाला प्रहरी वृत्तको टोलीले चोरी र भन्सार छलीका ४२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा दुई जना चोरी गर्ने, एक जना मोबाइल पसल सञ्चालक र अर्का एक जना मोबाइलको लक तोड्ने व्यक्ति छन् ।
- प्रहरीले उनीहरूका साथबाट विभिन्न कम्पनीका ३५ थान चोरीका र ७ थान भन्सार छलीका मोबाइल बरामद गरेको छ ।
२० जेठ, काठमाडौं । चोरीका मोबाइल किनबेच गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाको टोलीले ४२ थान मोबाइलसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रौतहटको गौर नगरपालिका–६ का २० वर्षीय रवीन्द्र पासवान, काठमाडौं चाबहिल बस्ने २५ वर्षीय सुजन बस्नेत, धादिङको धुनिबेशी नगरपालिका–६ घर भएका ३३ वर्षीय जनक लामा र सप्तरीको धनगढी नगरपालिका–१ घर भएका ३२ वर्षीय प्रमोद शाह छन् ।
उनीहरुमध्ये पासवान र बस्नेत मोबाइल चोरी गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ । लामा चोरीको मोबाइल किन्ने मोबाइल पसल सञ्चालक हुन् । साह भने भन्सार छलीको मोबाइलको लक तोड्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।
१७ जेठको बिहान ९ बजे चाबहिल नजिकबाट प्रहरीले पासवनालाई पक्राउ गरेको थियो । उनको साथबाट आईफोन र रेडमी फोन फेला परेको थियो । उक्त फोन पासवानले बस्नेतबाट लिएको बताएका थिए श्र
त्यससपछि सुकेधाराबाट प्रहरीले बस्नेतलाई पक्राउ गरेको थियो । उनको साथबाट पनि इनफिनिक्स र ओप्पो मोबाइल फेला परेको थियो । उनीहरुमाथि अनुसन्धान गर्दा मोबाइल चोरी गरेर लामालाई बेच्ने गरेको खुलेपछि प्रहरीले चोरीका ३५ थान मोबाइलसहित लामालाई पक्राउ गरेको हो ।
विभिन्न कम्पनीमा ३५ थान मोबाइल चोरी तथा भन्सार छलेर भारतबाट ल्याएको खुलेको थियो । सोही पसलबाट अर्का व्यक्ति साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो । भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ७ थान मोबाइलको लक उनले गरेको र ती ७ थान मोबाइल समेत गरी ४२ थान मोबाइल बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4